महरा र पाण्डेलाई अख्तियारको क्लिन चिट

काठमाडौं २५ साउन ।
अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई क्लिन चिट दिएको छ ।
महराले उपप्रधान तथा अर्थमन्त्रीको सपथ ग्रहण गरेको अघिल्लो दिन अख्तियारले उनलाई सफाइ दिने निर्णय गरेको थियो । उनलाई सफाइ दिएको पत्र भने साउन २० गते थमाइएको अख्तियार निकट स्रोतले बतायो ।
अख्तियारको अनुसन्धानको दायरामा रहेका राप्रपाका बिक्रम पाण्डेलाई पनि त्यसै दिन सफाइ दिइयो । उनी प्रचण्ड सरकारको मन्त्रीमण्डलमा राप्रपाका तर्फबाट सोमवार सामेल भएका छन् ।
दक्षिणी डिजाइनमा आफूलाई अख्तियारले अनुसन्धान गरिरहेको महराको भनाइ थियो । नयाँ गठबन्धन निर्माणमा नयाँ दिल्लीसम्म पुगेका महरालाई सरकार बनेकै दिन क्लिन चिट दिनु संयोगमात्र हो या अख्तियारले वाहिरी इशारामा राजनीति गरेको हो बुझ्न गा¥हो परेको छ । आजको समयबद्व साप्ताहिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...