पाकिस्तानी भूमिमा घुस्यो भारतीय सेना,आतंकवादी मारेको दाबी

काठामाडौं,१३ असोज ।
भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको बताएको छ । पाकिस्तानले भने आफ्ना दुई सैनिक मारिएको बताएको छ ।
यससँगै १७ भारतीय सैनिकको ज्यान जाने गरी उरी आक्रमणबाट बढेको भारत पाकिस्तानको तनाव थप चर्किएको छ ।
भारतका अनुसार भारत प्रशासित जम्मु कश्मीर वा महत्वपूर्ण शहरमा आक्रमण गर्न आतंकवादीहरु सीमा रेखा क्षेत्रमा जम्मा भएका थिए ।
भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय सेनाका लेफि्टनेन जनरल रणवीर सिंहले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको बताएको छ ।
‘केही आतंकवादी सीमा रेखा क्षेत्रको लञ्च प्याडमा जम्मा भएको र घुसपैठ गर्न लागेको सूचनाका आधारमा भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको थियो, उनले भनेका छन् ।
यसबाट आतंकवादीहरुलाई ठूलो क्षति पुगेको भारतको दाबी छ । र, यो अपरेशन सकिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...