उसले मृत घोषित गरेको मान्छे बाँचेको देख्यो !
होस उड्यो जव कागले मयुर नाँचेको देख्यो.!
उसले मृत घोषित गरेको मान्छे बाँचेको देख्यो!!
मुर्मुरिएर खप्नु छैन पल्लो घरको जमीन्दार !
जव आँगनमा मेरा नानीहरू हाँसेको देख्यो !!
सीताको वाल सखा तव कति रोयो होला !
जव रामले जनकको धनु भाँचेको देख्यो !!
पछिल्लो गायक हतास छ चलिरहेको गीतमा !
जव हल उम्लिएला जस्तै गरी तातेको देख्यो !!
बलराम तिमिल्सिना- २०७३/०५/२५ ढल्को
प्रतिकृया दिनुहोस्
Loading...

