स्मरणमा ऐतिहासिक बिनायक मोर्चा


सुनिल वस्ती ।

कालिकोटबाट रातभरको हिडाई, बिहानीपखको मेस खानापछी दिउसो टोली अछाम जिल्लाको पुर्ब बिनायक जाने बाटो खान्दडाडा एरिया जहा जनमुक्तिसेनाले एकलौटी आफ्नो आर्क जमाएर बसीरहेको थियो।

ऊता बिनायक बजारमा रहेको बिद्यामन्दिर क्याम्पस हुदै माथीको डाडो दुश्मनले एकतर्फी कब्जा गरेर बसिरहेको थियो। दुई अढाई सयको शाही अमेरिकी सेनाको रेञ्जरफोर्स एकातिर भने अर्कोतिर दुई बिर्गेड मंगलसेन स्मृती बिर्गेड र लिस्नेगाम स्मृती बिर्गेड दिउसो एक बजे भिडन्त शुरु भयो।

बिहानभरी एक प्लाटुनले दुश्मनको नजिकबाट माईकिन गरिरह्यो तिमीहरु आत्मसमर्पण गर शाही दुश्मन मुर्दाबाद माओवादी जिन्दाबाद हाम्रो युद्ध जारी छ यस्तै-यस्तै। एक्कासी बिहान एघार बज्दै थियो दुश्मन तलबाट फायर खोल्दै पहिलो प्लाटुन भएतिर आयो दुश्मनले जनमुक्ती सेनाको फौज आकलन गर्न सकेन।

उसले सजिलै सॅग माइकिङ्ग गरिरहेको टोलीलाई तित्तरबितर गरीछाड्यो। तर तलबाट दुश्मन आएको सुचना बिर्गेडलाई बटालियनलाई जानकारी नहुदै एकातिर तयारी नभएको अबस्थामा एक किमी नजिक दुश्मन आईपुग्यो। कमाण्डले अट्याक गर भन्न नपाऊदै बटालियन कमाण्डर कमरेड श्याम लाई गोली लाग्यो।

अर्को आर्कमा रहेको बटालियनले दुश्मन माथी आक्रमण गर्यो तर दुश्मन धेरै नजिक आइसकेको थियो । त्यसैले कमरेड श्यामको बटालियन पनी पोजिसन छोड्दै ब्याक हुनुपर्यो ।

उता लिस्नेगाम स्मृती बिर्गेड र क रबिकिरणको टोलीले माथीबाट मिनी जिपीएमजी एलएमजी र इन्सासले भिषण हमला गरेपछि दुश्मन तर्फ केही क्षती भयो र केहीबेर उनिहरु पनी ब्याक भए।

करिब आधा घण्टा आ-आफ्नो ठाउँमा कभर लिएर गोली र बमको बर्सा भइरह्यो पानी परेकोले हतियारहरु एट्टीवान, टुईन्च मोर्टार र जिपीएमजी चल्न नसक्ने भएपछी दुश्मन तर्फ ठुलै क्षती पुर्याउन सकिएन।

दुबै तर्फ हानाहान भईरहेको थियो हेलिकप्टर पनी आईपुग्यो करिब आधा झण्टा पछी दुशनको नजिकै हेलिकप्टर बस्यो र दुशनका सबहरु लिएर गयो।

त्यो भिषण मोर्चा पुन बिजय प्राप्त गर्नबाट चुक्यो। दिनभरको लडाइपछि दुश्मन ब्याक हुदै सदरमुकाम तिर भाग्यो भने हाम्रो टोली खादडाडा, कालापानी र तोली एरियामा छरियो।

उता बटालियन कमाण्डर श्यामको शहादत भएको खबर प्राप्त भयो सबै टिम खादडाडा तिर हिड्यो। पछिल्लो दिन श्रदान्जली सभागरी महान शहिद कमरेड श्यामको अन्तिम सस्कार गरी जनमुक्ती सेना आफ्नो कार्यक्षेत्र तिर लाग्यो। क्रमश▪▪▪▪▪

, , ,

प्रतिकृया दिनुहोस्

Loading...