नबालेको बत्तीको बिल पौने अर्ब !

काठमाडौं १९ भदौ ।

नेपालमा सम्पन्न १८ औं सार्क शिर सम्मेलनमा नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको अभाव भएको र विद्युत भारको कारण तत्काल बत्ती बाल्न नसक्ने प्रतिवेदन सरकारलाई दिएपछि सरकारले करिब ४० करोड ऋण लिएर राजधानीको अधिकांश मुख्य सडकमा सौर्य बत्ती जडान गरेको थियो ।

एसियाली विकास बैंक (एडिबि) को ऋण सहयोगमा जडान गरेको बत्तीले अहिले राजधानीको सडक झिलिमिलि भएको छ ।

सुरुमा सरकारले विद्युत प्राधिकरणलाई सडक बत्ती जडान गर्न आग्रह गरेकामा प्राधिकरणले सडक बत्ती नभएकोले त्यसका लागि रकम चाहिने सरकारलाई भनेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...