विद्युत प्राधिकरणका प्रमुख काफ्लेले प्रचण्डलाई बुझाए राजीनामा

काठमाडौं, २४ भदौ ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । 
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर काफ्लेले राजीनामा बुझाएका हुन् ।
उनको कार्यसम्पादन मूल्यांकन कमजोर रहेको भन्दै विहीबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो । त्यसको भोलिपल्टै काफ्लेले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
उनी सुशील कोइराला नेतृत्वको सरकारको पालामा विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । काफ्ले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...