त्रिशूलीमा ट्रक खसेर बेपत्ता, यात्रु बारे अबस्था अज्ञात
चितवन, २४ भदौ ।
पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भिरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ ।
ट्रकमा कति मानिस थिए जानकारी हुन सकेको छैन । खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...

