रातभर केबलकारमै फसे ४५ यात्री (फोटोफिचर)

पेरिस, २४ भदौ ।

फ्रान्सको अल्प्स पर्वतमा १२ हजार फिटको उचाईमा रहेको केबलकारमा रातभर ४५ यात्री फसेका छन् । स्थानीय अधिकारीहरुका अनुसार १ सय १० यात्री केबलकारमा फसेका भए पनि ६५ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

अँध्यारो बढेपछि उद्धार कार्य स्थगित गर्नु परेका कारण ४५ यात्री केबलकार मै रात बिताउन बाध्य भएका हुन् । समाचार एजेन्सीहरुका अनुसार तीव्र हावाका कारण केबलकारको तार आपसमा अल्झिएका कारण केबलकार रोक्नु परेको थियो ।

प्राविधिक कारणले केबलकार सेवा प्रभावित भएको फ्रान्सको आन्तरिक मामला मन्त्रालयले जनाएको छ । फ्रेन्स, इटालियन र स्वीस उद्धार टोलीलाई उद्धार कार्यमा परिचालन गरिएको छ । (एजेन्सी)




, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...