लामाबगरमा पहिरो, दुईको मृत्यु, पाँच वेपत्ता
दोलखा, १६ भदौ ।
दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिएका छन्।
हराइरहेका सातमध्ये हालसम्म दुईजनाको शव पहिरोभित्रबाट निकालिएको छ । भेटिएका एकको शव २० वर्षीय जोतुले तामाङको रहेको र अर्कोको पहिचान नभएको बताइएको छ ।
पहिरोले स्थानीयवासीको घर बगाउँदा भएका सबै सम्पत्ति नष्ट भएको सशस्त्र प्रहरी बल लामाबगरले बताएको छ । गएराति अविरल परेको वर्षाका कारण करिब १०÷११ बजे पहिरो झर्दा स्थानीयवासीलाई उद्धार गर्न समस्या परेको थियो ।
सो पहिरोबाट ५३ वर्षीय चिनियाँ नागरिक चि नामका पनि घाइते अवस्थामा भेटिएको बताइएको छ । उनको खुट्टा भाँचिएको छ भने एक स्थानीयवासीलाई पनि घाइते अवस्थामा प्रहरीले उद्धार गरेको बताएको छ ।
घाइतेलाई उपचार गर्न लैजान हेलिकप्टर मगाइएको र नआउँदा समस्या भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक खेमबहादुर थापामगरले बताए ।
अहिले पहिरोका कारण सिङगटी तामाकोसी क्षेत्रको बाटो अवरुद्ध भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...

