सेक्स टेप सार्वजनिक, खुस्कियो सन्दीप कुमारको मन्त्री पद

काठमाडौँ १६ भदौ । 

भारतको दिल्ली सरकारका एक मन्त्री सेक्स टेपमा देखिएका छन् । दिल्ली सरकारका क्याबिनेट मन्त्री सन्दीप कुमार सेक्स टेपमा देखिएको हुन्।

यसलगतै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार अबेर राति महिला तथा बालबालिका कल्याण मन्त्री सन्दीप कुमारलाई मन्त्रिमण्डलबाट हटाएको घोषणा गरेका छन् । 

मुख्यमन्त्री केजरीवालले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन्। उनले एक सिडी आफ्नो हात लागेको बताए। सिडीमा सन्दीप कुमार दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिएको खबर छ । 

सिडी प्राप्त भएको आधा घण्टा भित्रै सन्दीप कुमारलाई मन्त्रीबाट हटाउने निर्णय गरेको दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बताए ।

मनीष सिसोदियाले भने ‘आम आदमी पार्टी सिद्धान्त भ्रष्टाचार, कुनै किसिमको अपराध वा चरित्रमा लागेको दाग नसहने हो । पञ्जाबका संयोजकले पैसा लिएको खबर आएपनि उनलाई हटाइयो । हाम्रो पार्टीले शून्य सहनशीलताको नीतिमा काम गर्छ ।’

दिल्लीको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपाले सन्दीप कुमारसँग सम्बन्धित घटना सार्वजनिक भएपनि आम आदमी पार्टीको आलोचना गरेको छ । 

सन्दीप कुमारले गएको महिना दिल्लीबाट मगन्तेलाई हटाउने योजना बनाएका थिए । यो योजनाको आलोचनाभएपछि मुख्यमन्त्रीले योजना फिर्ता लिएका छन् । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...