हतियारसहित पाँच लुटेरा पक्राउ

जुम्ला, १६ भदौ ।

गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो ।

जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनको १६ दिनपछि लुटेराहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार गोठीचौर, पातारासी, छुमचौर र डिल्लीचौरमा पनि अपरेसन तीव्र बनाइएको छ । 

पक्राउ परेका पाँचजनामाथि अनुसन्धान थालिएको उनले बताए ।

यसअघि जिल्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र रु छ लाख नगद लुट्नेलाई डाँकाको मुद्दा चलाइरहेका बेला पुन पाँचजना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो ।

प्रहरीले लुटेरालाई खोजतलास कार्य तीव्र बनाएपछि स्थानीयवासी खुसी भएका छन् ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...