राजधानीमै बलात्कृत भइन् ११ वर्षीया बालिका, बुबाका ‘साथी’ पक्राउ

काठमाडौं,१२ असोज । 
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई प्रहरीले राजधानीको पेप्सीकोलाबाट पक्राउ गरेको छ ।
काठमाडौ महानगरपालिका-३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय अर्यालले सिन्धुपाल्चोक स्याउले-८ घर भई बुढानिलकण्ठ नगरपालिका-५ पासीकोटस्थित खाली जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको बताइएको छ ।
बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागेको थियो ।
मंगलबार बालिकासँग सोधपुछ गर्दा अर्यालले आफुलाई पटकपटक करणी गरेको बताएकी छन् । तत्पश्चात फरार भएका अर्याललाई भने प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...