लोक दोहोरी क्षेत्रमा नयाँ गायीका आशाको चर्चा

काठमाडौँ ११ असाेज ।

लोक दोहोरी क्षेत्रका नयाँ पुस्तामा गायीका आशा पुनमगर चर्चामा छन् । यो क्षेत्रमा एक दशकदेखि सक्रिय पुनले एकपछि अर्को नयाँ–नयाँ गीत बजारमा ल्याइरहेकी छन् ।

उनको पछिल्लो ‘लुकी लुकी माया लाउन …, स्याउ सुन्तला …’ गीत निकै चर्चामा रहे । यसले उनलाई र गीतलाई लोक दोहोरी क्षेत्रमा स्थापित नै गर्यो ।

उनले एकल वा संयुक्त रुपमा चर्चित गायक राजु परियार, राजु गुरुङ, राम जी खाँड, राजेन्द्र कडेंललगायतका कलाकारसँग दर्जनौं गीत गाइसकेकी छन् ।

आशाको स्वरमा रहेका ‘मध्ये रातमा सँगसँगै खोली तरेका, आँखामा तिम्रै छायाँ छ, तिम्ले धोका दिन रैछ र.., लगायत दर्जन गीतहरु बजारमा आउँदै छन् ।

लोक दोहोरीको उर्बराभूमि मानिने राप्तीको रुकुममा जन्मेकी आशाले यो क्षेत्रमा ठूलो प्रगति गरिसकेकी छन् । उनको सफलताले लोक दोहोरी क्षेत्रमा आउन चाहनेहरुलाई प्रेरणा दिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...