चालू आर्थिक बर्षको पुर्ण बजेट पारित

काठमाडौं ,१४ असाेज ।

ब्यावस्थापिक संसदले चालू आर्थिक वर्षको बजेटसँग सम्वन्धित विभिन्न तीन वटा विधेयक बहुमतले पारित गरेको छ ।

आर्थिक बर्ष सुरु भएको साढे २ महिनापछि हिजो सरकारले संसदमा प्रस्तुत गरेको विधेयक समान्य छलफल पछि संसदले आज पारित गरेको हो ।

हिजोको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले पेस गरेको बजेट आश्रित आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दफावार छलफलपछि आज पारित भएको हो । ती विधेयकमाथि गत साउन पहिलो साता समेत संसदमा छलफल भएको थियो ।

विधेयकमाथिको छलफलका क्रममा एमाले सांसदहरुले गत साउन ७ गते संसदको बहुमतले अस्विकृत गरेका विधेयक बर्तमान सरकारले जस्ताको तस्तै ल्याउनुको कारण प्रष्ट पार्न सरकारसँग माग गरेका थिए ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएका तीन वटै विधेयक सत्तागठबन्धनमा आएको परिवर्तनसँगै गत साउन ७ गतेको बहुमतले अस्वीकृत गरिदिएकाे थियाे ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...