असोज १४ बाट बजारमा आउदै 'सफर', पार्किङ स्थलमा पत्रकार सम्मेलन


नेपाली फिल्म "सफर" असोज १४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । 

सम्पुर्ण छायाँकन अमेरिकामा गरिएको फिल्मको आज आईतबार राजधानिमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो । 


फरक शौलिमा गरिएको प्रेसमिट न कुनै होटेलमा गरियो न कुनै सिनेमा घरमा । फिल्मको पत्रकार सम्मेलम एक सवारी पार्किङ स्थलमा गरिएको थियो ।

फिल्मका नायक सन्जय गुप्ता र निर्देशक आशिस श्रेष्ठ मात्रै उपस्थित प्रेसमिट पनि केहि फरक ढङ्गले सम्पन्न भएको थियो । 

निर्देशक र नायकका नजिकका मित्रहरुले दुई जनाको सफरको काहानी सुनाउदै पुराना दिनहरु याद दिलाएका थिए ।

नायिका नुर्जा श्रेष्ठले अमेरिकाबाट नै आफ्नो दर्शकहरुलाई सन्देश पठाएकी थिईन् ।

सन्देशमा उनले आफु नेपाल आउन नपाएकोमा नरमाईलो लागेको र आफुले फिल्ममा निकै मिहेनत गरेको र सबैले मनपराउने आशा समेत ब्यक्त गरेकी थिईन् ।

आयोजित पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर, डाइलग प्रोमो र एउटा गीतको भिडियो देखाईएको थियो ।

युवा फिल्म्सको ब्यानरमा बनेको "सफर"मा केशब खड्काको लेखन तथा निर्माण रहेको छ ।

फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिबिर पोख्रेल ,नुर्जा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।


,

प्रतिकृया दिनुहोस्

Loading...