प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख घर्ती

काठमाडौं, १० असोज ।

सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहित प्रमुख सचेतकसँग छलफल गर्दैछिन् ।

विभिन्न संसदीय समिति गठन तथा सभापतिको चयनका लागि सभामुखले सचेतकसहित शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।

तीन दलका शीर्ष नेता र मुख्य सचेतकसँग गठन हुन नसकेका तीनवटा समिति र सभापति बिहीन दुईवटा समितिका बारेमा छलफल गर्न बैठक आहृवान गरिएको सभामुखका प्रेस सहयोगी बबिन शर्माले जनाए ।

लेखा समितिका सभापति जनार्दन शर्मा उर्जा र कृषि समितिका सभापति गगन थापा स्वास्थ्य मन्त्री बनेपछि दुइ समिति सभापति बिहीन छन् ।

बैठक संसद भवन नयाा बानेश्वरमा ११ बजे बस्दैछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...