बैद्य माओवादीले गजुरेलको नेतृत्वमा गठन गर्यो सत्तामा जाने मोर्चा
काठमाडौं, २८ भदौ ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सत्ताको साधन बनाउन भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेको छ ।
मोर्चाले राजधानीमा सम्पन्न भएको पहिलो राष्ट्रिय भेलाले सीपी गजुरेलको नेतृत्वमा ७१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
भेलाले मोर्चालाई व्यवहारिक रुपमा नै संघर्ष र सत्ताको साधन बनाउनुपर्ने निश्कर्ष निकालेको मोर्चाका अध्यक्ष गजुरेलले जनाएको छ ।
भेलामा मोर्चालाई वास्तविक अर्थमा सम्पूर्ण देशभक्त, वामपन्थी र दलाल, नोकरशाह र सामन्तबाद बिरोधी शक्तिको साझा मोर्चाको रुपमा विकसित गर्नुपर्नेमा जोड दिइएको थियो ।
मोर्चाको केन्द्रीय समिति सचिवमा परि थापा तथा कार्यालय सदस्यमा कमल चौधरी, केबी गुरुङ, पवन मान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई र केसबहादुर परियार चयन भएका छन् ।
भेलाले रोशन जनकपुरी, मिनकुमार राउत, बिदुर खरेल, शिवराम यादव, चक्रपाणि शर्मा, कुमार शाह, मनोज श्रेष्ठ, कान्छाराम तमाड्, अम्बिका मुडभरी, शिव कट्टेल, जितेन्द्रकुमार सिंह, धनजीत शाही, रामबहादुर केसी, दिलबहादुर घिसिङ लगायतलाई सचिवालयमा निर्वाचित गरेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...