श्रमिकहरु हड्तालमा, उर्जा, बन्दरगाह, बैंकिङ्ग क्षेत्र प्रभावित
एजेन्सी, १७ भदौ ।
भारतमा विभिन्न श्रमिक संगठनले शुक्रबार देशब्यापी हड्ताल गरेका छन् । विभिन्न १० ट्रेड युनियनको सहभागितामा देशब्यापी हड्ताल आह्वान गरिएको हो ।
श्रमिक हड्तालका कारण शुक्रबार भारतमा उर्जा, बन्दरगाह, बैंकिङ्ग क्षेत्र लगायत विभिन्न कार्यालय तथा कलकारखाना प्रभावित हुने जनाइएको छ ।
श्रमिक संगठनहरुले विभिन्न १२ सूत्रीय माग राख्दै हड्ताल गरेका हुन् । न्यूनतम ज्याला निर्धारण, श्रम कानुन पूर्ण रुपमा लागू, निजीकरणको नीति बन्द गरिनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...

