चन्द्रागिरीमा प्रहरीसँग भीडन्त गर्न खोज्ने सहकारी चोर्ने डाँका !
काठमाडौं, २३ भदौ ।
लुटेरा समूहले काठमाडौंको चन्द्रागिरीको चिहानडाँडामा छाडेको सेफ ललितपुरको चापागाउँस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको भएको खुल्न आएको छ।
गएराती सन्तानेश्वर मन्दिर नजिकै रहेको सो सहकारीमा चोरी भएको चापागाउँ प्रहरी वृत्तका डिएसपी श्याम राईले बताए। चन्द्रागिरीमा सुमोमा बरामद भएको सेफ सन्तानेश्वर सहकारीकै भएको काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्कीले बताए। चापागाउँ प्रहरीका डिएसपी राईका अनुसार लुटेराहरुले गएराती सहकारीको ढोका फोरेर लुटेका हुन् ।
सहकारी भएको घरमा तल्लो तल्लामा मानिसहरु बस्ने गरेको र माथिल्लो तल्लामा सहकारी भएको उनले बताए। डिएसपी राईका अनुसार सो सेफमा धेरै रकम नभएको खुल्न आएको छ। पूराना नोट र कार्यलयका महत्वपूर्ण कागजात त्यसमा रहेको खुल्न आएको राईले बताए।
आज बिहान साढे ५ बजेतिर सुमोलाई पछ्याउने क्रममा चन्द्रागिरीमा प्रहरीमाथि लुटेरा समूहले गोली चलाएका थिए। त्यसपछि प्रहरीले पनि गोली चलाउँदा सुमो छाडेर ४ जना जंगलतर्फ भागेका थिए। त्यही सुमोमा सेफ भेटिएको थियो।

प्रतिकृया दिनुहोस्
Loading...