पर्वतको धाइरिङमा जीप दुर्घटना एकको मृत्यु, ४ घाइते

पर्वत,२५ भदौ  ।

पर्वतको धाइरिङमा जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

पर्वतको धाइरिङ–३ मा ग १ ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दी ज्याम्रुङकोटकी राममाया दमाइकोे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएको छ । ब्रेक फेल भएर झण्डै ५० मिटर तल जीप खसेको हो । कच्ची सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको स्थानियहरुको भनाई छ ।
  
अबीरल बर्ष सँगै पर्वतमा बाढी पहिरोले समस्या ल्याईरहेको अबस्थामा आज फेरी अर्को दुखद् घटना घटेको हो । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...