जीर्ण सडक निर्माणको माग गर्दै जनकपुर–भिठ्ठामोड खण्ड अवरुद्ध

गौशाला, २५ भदौ ।

६ लेनको सडक बनाउनुपर्ने माग गर्दै आज महोत्तरी र धनुषा जोड्ने जनकपुर–भिठ्ठामोड सडकखण्ड अवरुद्ध गरिएको छ ।

संयुक्त सङ्घर्ष समितिले बिहान ९ बजेदेखि महोत्तरीको जलेश्वर, पिपरा, सहोडवा र धनुषाको विन्धीमा चक्काजाम गरेका छन् ।

जनकपुरदेखि भिठ्ठामोडसम्म १८.७५ किलोमिटर सडकखण्ड पूर्णरुपमा जीर्ण भएको भन्दै सङ्घर्ष समितिले ६ लेनको सडक निर्माण गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेको हो ।

सो सडकखण्डको चार ठाउँमा अवरोध गरिएका कारण यातयातका साधन चल्न सकेका छैनन् ।

यसैबीच शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक निर्माणको शिलान्यास गरेका थिए ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...