निर्णय आफू अनुकुल नहुँदा माओवादी नेताले च्याते माइन्युट
काठमाडौँ १९ भदौ ।
माओवादी केन्द्र रोल्पा जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको निर्णय पुस्तिका च्यातेका छन् ।
समितिको शनिबार बिहान बसेको बैठकमा संयोजक मगरले स्थानीय तहको पुनर्संरचनाका विषयमा चित्त नबुझेपछि निर्णय पुस्तिका च्यातेको खबर छ।
भदौ १३ गते सहयोग समितिले दलीय सहमितमा पाँचवटा गाउँपालिका बनाउने निर्णय गरेको थियो । पुनर्संरचना आयोगले भने जिल्लाबाट साविकको नगरपालिकासहित सातवटा स्थानीय इकाइको खाका पठाउन भनेको थियो ।
साउन २६ गते सहयोग समितिले एक नगरपालिका र ६ गाउँपालिकाको प्रस्तावित खाका सार्वजकिन गरेको थियो ।
केही दलका नेता आफैंले गरेको निर्णयका विपक्षमा उभिएपछि सहयोग समितिले थप सहमतिका लागि शुक्रबार दिउँसो बोलाएको दलीय बैठकमा सहमति नभएपछि पुनः शनिबार बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा पनि कुरा मिल्न सकेन । आजको अन्नपूर्णमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...

