यूएईमा नेपाली महिलालाई यसरी नाचाइन ज्याेतीले (फाेटाे फिचर)
मान बहादुर के.सी. 'मुस्कान' यूएई
वैदेशिक राेजगारीकाे लागि यूएई पुगेकी नेपाली महिलाहरुले तीज मनाए । गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल-खैमा क्षेत्रीय समितिले आयोजना गरेको ‘नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रममा महिलाहरुले नेपालबाट अाएका कलाकारसँगै नाच्दै तीज मनाएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूएईका उपाध्यक्ष गोपी कृष्ण पङ्गेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा युएईका लागि नेपालका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको प्रमुख अतिथि थिए ।
कार्यक्रममा एनआरएन युएईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोईराला, नेपाली सोसल क्लबका अध्यक्ष सालीक सुबेदी, समाजसेवी एवम पत्रकार डिल्ली प्रसाद आचार्य, डा. दिनेश आचार्यलगायतको उपस्थिति थियो ।
समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायत झन्डै एक हजार भन्दा बढी दर्शकहरूले भरिएको हलमा नेपालबाट आएका गायक नबिन पौडेल, चर्चित गायिका तथा मोडेल ज्योति मगर, गायिका गंगा धर्ती मगर, गोपी कृष्ण पङ्गेनी र युएईमा कार्यरत प्रशान्त पौडेल, सूर्यबहादुर बोहोरा, अर्जुन हान्छुवा, क्षितिज चिन्तन, दीपक गुरुङ, भावना ढकाललगायत कलाकारहरुले तीज प्रस्तुती प्रस्तुत गरेका थिए ।
नेपाली कलाकारसँगै यहाँ रहेका नेपाली महिला-पुरुषहरुले नाचेका थिए ।

प्रतिकृया दिनुहोस्
Loading...