लोकप्रिय गायक पुष्कल शर्माको मृत्युको समाचार भाईरल बनेपछि (भिडियो सहित)



काठमाडौं, २५ भदौ । 

चर्चित गायक पुष्कल शर्माको ‘मोटरसाइकल दुर्घटनाबाट मृत्यु’ भन्ने समाचार सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

बिभिन्न अनलाइन वेवसाइटहरुले लोकगीतलाई आधार मानेर पुष्करको दुर्घटनाबाट मृत्यु भन्ने समाचारले छापेपछि धेरै सर्जक तथा दर्शकलाई उक्त समाचारले भ्रमिक बनायो ।

गायक पुष्कल शर्माको मलामीमा समावेश मुटु जलाई जलाई बोलको नयाँ गीतमा पुष्कलको मृत्यु भएको छ । मृत्यु भएको र टेलिभिजन कार्यक्रममा उनको जीवन सुनाइएको छ । साथै कलाकारहरुले पनि मृत्युको बारेमा केहि बोलेका छन् । त्यसले गर्दा पनि आम दर्शक झुक्किएका छन् । 

यसैलाई आधार मानेर केहि अनलाइन वेवसाइट हरुले गीतको प्रमोशन गर्नका लागी समाचार बनाए तर समाचारमा सिधै ‘पुष्कल शर्माको मोटरसाइकल दुर्घटनामा मृत्यु’ शिर्षक दिएर तस्बिर राखिदिए जसले गर्दा धेरैलाई विश्वास लाग्यो ।

यस्तो समाचार सामाजिक सञ्जालमा भाईरल हुन थालेपछि केहि चर्चित अन्य सर्जकहरुले पनि उनको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस राख्न थाले । तर यता गायक पुष्कल शर्मालाई त्यहि समयमा फोन गर्दा फोन सम्पर्क हुन सकेन किनकी उनी आफ्नो गृह जिल्ला पाल्पामा रहेका छन् ।

समाचार भाईरल बन्दै गएपछि गायक पुष्कलले आफुलाई केहि नभएको र आफु सकुशल भएको भन्दै लेखेका छन् । उनले आफ्ना दर्शक तथा स्रोतालाई सरी भन्दै फेसबुकमा स्टाटस पनि लेखेका छन् ।


, , ,

प्रतिकृया दिनुहोस्

Loading...