अखिल (क्रान्तिकारी ) ले पोखरा विश्वविद्यालयलाई दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं, २६ भदौ ।

अनेरास्ववियु (क्रान्तिकारी) ले शैक्षिक क्षेत्रमा सुधारको माग गर्दै पोखरा विश्वविद्यालयलाई कडा चेतावनी दिएको छ । 

शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आफ्नो सङ्गठनको कास्की जिल्ला समितिले यहि भदौ १३ गते विश्वविद्यालयलाई पाँचबुदे मागपत्रसहित बिभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको भएपनि त्यसको बेवास्ता गरेको भन्दै क्रान्तिकारीले कडा चेतावनी दिएको हो । 

आधा महिना पुग्दासमेत विश्वविद्यालयले आफ्ना मागबारे कुनै सुनुवाई नगरेको र क्रान्तिकारीले विश्वविद्यालय एवम् विद्यार्थीका हक अधिकार, हितका मागप्रति गैरजिम्मेवारि प्रकट गरेको भन्दै २४ घण्टाभित्र सुनुवाई गर्न अल्टिमेटम दिएको छ ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष पूर्ण बाहदुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अधिकार सम्पन्न वार्ता समिति निर्माण गरि समस्या समाधान गर्न अनुरोध गर्दछौं । साथै विश्वविद्यालयले पदीय मर्यादा विपरीत निर्माण गरेको वार्ता समितिसँग वार्ता गर्न नसकिने कुरा स्पष्ट पार्दछौ ।'

हेर्नुहोस् विज्ञप्ति :




,

प्रतिकृया दिनुहोस्

Loading...