लगातार १० बैठकमा अनुपस्थित भए सांसदको पद खारेज हुने

काठमाडौँ २६ भदौ ।

व्यवस्थापिका संसद्को १० बैठकमा अनुपस्थित हुने सांसद्को पद खारेज हुने भएको छ । पछिल्लो समय संसदमा सांसद्हरूको न्यून उपस्थिती हुन थालेपछि सभामुख ओनसरी घर्ति मगरले कडा निर्देशन जारी गरेकी हुन् ।

आइतबारको संसदमा सभामुखले संविधानको धारा ८९ घ बमोजिम विना सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा निजको सदस्यता संसद खारेज हुने व्यवस्थाबारे सचेत रहन सम्बन्धित दल र सदस्यको ध्यानाकर्षण गरेकी हुन् ।

संसदमा सदस्यहरूले हाजिर गरि विधेयक पारित गर्दा कोरम नपुगि बैठक नै स्थगन गर्नुपरेपछि सभामुखले यस्तो चेतावनीपूर्ण ध्यानकर्षण गराएकी हुन्।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...