पाराओलम्पिकमा ऐतिहासिक स्वर्ण ५० वर्षीया खेलाडीले जितिन्


काठमाडौं,२५ भदौ ।

ब्राजिलको रियो दि जेनेरियोमा जारी पाराओलम्पिकमा काजकस्तानकी ५० वर्षीया पौडी खेलाडीले स्वर्णपदक जितेकी छन् । ५० वर्षीया जुल्फिया गाबिदुलिनाले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् ।

उनले काजकस्तानलाई पाराओलम्पिकमा इतिहासमै पहिलोपटक स्वर्ण दिलाएकी छन् । उनले ४३ दशमलव २२ सेकेन्डमा दुरी पार गरेर नयाँ विश्व कीर्तिमान बनाइन् ।

खुट्टा नभएकी जुल्फिया यसअघि ह्विलचेयर धाविका थिइन् । उनले ३० वर्षको उमेरपछिमात्र पौडी सुरु गरेकी हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...