चेल्सीमाथि आर्सनलको फराकिलो जित, म्यान्चेस्टर सिटीको अग्रता कायमै

काठमाडौं, ९ असोज ।

इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनलले चेल्सीलाई ३-० ले हराएको छ ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै ३ गोल गरेको हो । आर्सनलका लागि अलेक्सिस सान्चेज, थियो वाल्कोट र मेसुत ओजीलले एक एक गोल गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गत राती भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ३-१ ले हराँउदा म्यान्चेस्टर युनाईटेडले च्याम्पियन लेष्टर सिटीलाई ४-१ ले पराजित गर्‍यो ।

यसैगरी लिभरपुलले हल सिटीलाई ५÷१ को फराकिलो अन्तरमा परजित गर्दा बर्नमाउथले एभर्टनलाई १-० ले निराश पार्‍यो ।

राती नैं भएको खर्को खेलमा टोटनह्याम हट्सपरले मिडल्सब्रोलाई २-१ ले हराँउदा क्रिष्टल प्यालेसले सण्डरल्याण्डलाई ३-२ ले हरायो । स्टोक सिटी र वेष्ट ब्रोमले १-१ गोलको बराबरीमा चित्त बुझाए ।

गएरातीका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।

समान खेलबाट १४ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ भने आर्सनल, लिरभपुल र एभर्टनको १३/१३ अंक भएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...