आइएसको प्रमुख गढ रक्कामा आक्रमण गर्ने टर्की र अमेरिकाको योजना

काठमाडौं, २३ भदौ।

टर्की र अमेरिकाले सिरियामा चरमपन्थी संगठन इस्लामिक स्टेटको गढ रक्कामा हमला गर्ने तयारी गरेका छन् । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले अमेरिकासँग मिलेर सिरियाको रक्कामा हमलाको तयारी गरिरहेको बताएका हुन् ।

उनले अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनमा भएको जी–ट्वेन्टी देशको बैठकमा चरमपन्थीका विरुद्ध साझा अभियान सञ्चालन गर्न सुझाव दिएको बताए । टर्कीले यो अभियानलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।

पछिल्लो महिना टर्कीले सिरियाको सीमामा आइएस र कुर्द लडाकुविरुद्ध कारबाही गरिरहेको छ । टर्कीको समर्थन पाएको विद्रोही समूहले जाराब्लुस शहरमा आइएसका अखडामा आक्रमण गरिरहेको छ ।

टर्कीका उपप्रधानमन्त्री नूरेतिन कानिक्लिले टर्कीको सुरक्षाफौजले सिरियाका केही सिमा क्षेत्रमा नियन्त्रण गरी अघि बढ्न सक्ने बताएका छन् ।

उनले सैन्य अभियानमा अहिलेसम्म १ सय १० जना आइएस र कुर्द लडाकुको मृत्यु भइसकेको बताए । (एजेन्सी)

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...