राष्ट्रपतिको गृहनगरमा बम विस्फोट, १२ जनाको मृत्तु

काठमाडौं, १८ भदौ ।

फिलिपिन्सको दक्षिणी शहर डावाओमा अज्ञात समुहले बम आक्रमण गरेको छ । आक्रमणमा परी कम्तिमा १२ जना मारिएका छन् ।

राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट गराइएको हो । रातको बेला गराइएको विस्फोटमा परी ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विस्फोटको कारण पत्ता लागेको छैन भने अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । राष्ट्रपति रोड्रिगो गृहनगर डावाओको भ्रमणमा रहेका बेला विस्फोट गराइएको हो ।

राष्ट्रपति रोड्रिगोलाई भने केही भएको छैन । यस वर्षको सुरुमा रोड्रिगो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । त्यसअघि उनी २० वर्षसम्म डावाओको मेयर रहेका थिए । (एजेन्सी)

, ,

प्रतिकृया दिनुहोस्

Loading...