लामाबगर पहिरोका मृतक संख्या ५ पुग्यो, बेपत्ता मध्ये २ को शव फेला

काठमाडौं १८ भदौ  ।

दोलखाको लामाबगरमा बिहीबार राति गएको पहिरोमा परी बेपत्ता ७ जनामध्ये दुईको शव शुक्रबार फेला परेको बताएको छ । यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

सेना, प्रहरी, स्थानीय तथा स्थानीय सडक निर्माणका मजदुरसमेतले खोजी गर्ने क्रममा शुक्रबार बेलुका दुई जनाको शव फेला परेको स्थानीय राजन तामाङले बताए ।

सडक निर्माणका रहेका मजदुर तथा ठेकेदार कार्यरत क्षेत्रमा खाना–नास्ता खुवाउन संचालित अस्थायी तीन पसललाई माथिबाट झरेको विशाल पहिरोले पुरिएर सात जना बेपत्ता थिए । स्थानीयका अनुसार अझै पाँच जना हराइरहेको तामाङले अनलाइन डबलीलाई बताए ।

फेला परेको शव एक पुरुष र अर्का महिलाको रहेको उनले बताए । दुवै शव सनाखत हुन भने सकेको छैन । यस क्षेत्रका बासिन्दालाई पहिरोबाट जोगाउन सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ ।

स्थानीय झसाङ तामाङ, ४० वर्षीया पातमाया तामाङ, २५ वर्षीया तृषि तामाङ र ७० वर्षीया सतमाई तामाङ अझै बेपत्ता छन् । थप बेपत्ताको खोजी भइरहेको उनले बताए ।

पसलमाथि छ्योछ्यात पहाडबाट झरेको पहिरो खसेको थियो । पहिरो लागेर भर्खर चालू भएको सडक करिब एक सय मिटर भासिएको बताएका छन् ।

बिहीबार राति नै लामाबगर छ्योछ्यातेका २१ बर्षिय बाटुले तमाङ, २० वर्षीय प्रेममाया तमाङ र ४० वर्षीय बथमाया तमाङसहित तीन जनाको शव पहिरोबाट निकालिएको थियो ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...