युद्धाभ्यासमा जुट्यो पाकिस्तानी वायुसेना, भारतलाई दोहोरो धक्का

एजेन्सी, १९असोज ।
भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानले आफ्नो सैन्य शक्तिलाई सतर्क अवस्थामा राख्न थालेको छ । यस क्रममा पाकिस्तानी वायुसेनाले युद्धाभ्यास गर्ने भएको छ ।

पाकिस्तानी वायुसेनाको युद्धाभ्यासलाई ध्यानमा राख्दै पाकिस्तानले लाहोर र कराँचीको हवाईमार्ग ८ अक्टोबरदेखि बन्द गर्ने भएको छ । व्यावसायिक उडानका लागि लाहोर र कराँचीको हवाईमार्ग १३ दिनका लागि बन्द गरिने भएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ ।

यसअघि पाकिस्तानले आफ्नो आकाशमा व्यावसायिक उडानका लागि न्यूनतम उचाई निर्धारण गरिदिएको थियो । तर पछिल्लो समय वायुसेनाले युद्धाभ्यास गर्ने भएपछि सो रुटमा कुनै पनि व्यावसायिक उडानमा रोक लगाइएको अधिकारीहरुको भनाइ छ ।

पाकिस्तानको यस्तो निर्णयले भारत दोहोरो धक्का महसुस गरिरहेको छ । एकातिर पाकिस्तानी वायुसेना युद्धाभ्यासमा जुट्नु उसका लागि ठूलो चुनौती बनिरहेको छ भने अर्कोतिर पश्चिमा तथा खाडी मुलुक जाने भारतीय विमानहरुले अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । वैकल्पिक मार्ग प्रयोग गर्दा समय र इन्धन खर्च बढ्ने भारतीय अधिकारीहरु बताउँछन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...