डा केसीको जीवन रक्षाका लागि सहयोग गर्नुपर्छ : मन्त्री थापा

धनगढी, १९ असोज । 

स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बस्नुभएका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन् । 

आज आयोजित पत्रकारसम्मेलनमा नेपाली काँग्रेसका युवानेतासमेत रहेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको स्मरण गराए ।

मन्त्री थापाले भने—“त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुन सक्छ ।” एक प्रश्नमा उहाँले सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै डा केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको दोहो¥याए ।

“यो विषयमा छलफल चलाउनुपर्छ भनेर आफूले संसद्मा बोलेको हो, तर आज आफू फरक क्षमतामा छु”, मन्त्री थापाले भने । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी हाल अनशनमा बसिरहेका छन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...