प्राधिकरणले टेलिकमसँग माग्यो फोर-जी सञ्चालनको विस्तृत कार्ययोजना

काठमाडौं, १७ असोज ।

नेपाल दूरसञ्चार प्राधिकरणले फोर-जी सञ्चालनको लागि नेपाल टेलिकमसँग विस्तृत कार्ययोजना मागेको छ ।

प्र्राधिकरणले आइतबार फोर-जी सञ्चालन गर्दा कसरी, कुन अवस्थामा र सर्तसहित कहिलेबाट सञ्चालन गर्न टेलिकमले कस्तो तयारी गरेको छ ? भन्दै पत्राचार गरेको छ ।

आन्तरिक छलफल गरेर अब आफ्नो कार्ययोजना केही दिनभित्रै प्राधिकरणमा पेश गरिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

यसअघि नै सरकारले फोर-सञ्चालनको अनुमति दिए दुई महिना भित्रै देशका मुख्य-मुख्य शहरमा फोर-जी सञ्चालन गर्ने बताइसकेको छ ।

यो सँगै अबको केही महिनामै एनटिसीको मोबाइल चलाउने ग्राहकले अब डाटामा तिब्र गतिको इन्टरनेट सुविधा लिन पाउने भएका हुन् ।

टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनटिसीले फोर-जी सञ्चालनको अनुमति मागेर पेश गरेको निवेदन स्वीकार गरी सेवा सञ्चालनको विस्तृत कार्ययोजना पेश गर्न भनेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

मोबाइल डाटा इन्टरनेटमा फोर-जी थ्रीजी भन्दा एड्भान्स र तीब्र गतिको इन्टरनेट सेवा हो । सामान्यतया फोर-जीको डाटा ट्रान्सफर रेट प्रति सेकेन्ड एक सय एमबीको दरमा हुन्छ ।

उनको अनुसार १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा फोर-जी सुविधा दिने तयारी गरिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...