इपिएल फाइनल - पञ्चकन्याले दियो १ सय ७२ रनको लक्ष्य, आशिफद्वारा सतक प्रहार

काठमाडौं, १७ असोज ।

एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको फाइनल खेलमा पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।


कीर्तिपुर मैदानमा पहिले टस जितेर ब्याटिङ रोजेको पञ्चकन्याका लागि आशिफ शेखले सतक हाने । उनले ६४ बलमा अविजित १ सय ११ रन हाने । उनले ७ चौका र ८ छक्का हाने ।

 यस्तै आरिफ शेखले २० बलमा २३ रन बनाए । कलर्सका अभिनास कर्ण, अमर रौतेला, सञ्जम रेग्मी, योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिए ।


पञ्चकन्याले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको हो । पञ्चकन्याले समूह चरणका आफ्ना सबै खेल जितेको थियो । कलर्सले तीन खेल जितेको थियो । 

एक खेल वर्षाले प्रभावित भयो भने अर्को खेल कलर्सले हारेको थियो । कलर्सले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...