कुमारीका हातबाट टीका थाप्नेको घुइचो

भक्तपुर २५ असोज ।

विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीका हातबाट मंगलबार टीका ग्रहण गर्नेहरूको घुइँचो लागेको छ ।

कुमारी जिविका बज्राचार्यका हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् ।

कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उनका हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए ।

सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किम्बदन्ती रहेको छ । 

किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् ।

राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने र विजयादशमीको दिन टीका लगाइदिने गरेको विश्वासका साथ मानिसहरुको घुइँचो यहाँ लाग्ने गर्दछ ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...