अरुलाई दसैंको चटारो छबिलाई शिल्पा भित्र्याउन हतारो !

काठमाडौँ २५ असोज ।

आज दसैंको अन्तिम दिन । मान्यजनबाट टिका थाप्न सबैलाई भ्याईनभ्याई छ । सबै आफन्त र अभिभावककोमा गइरहेका छन् । तर चलचित्र निर्माता छबि ओझालाई भने चौथो विवाहकाे चटारो परेको छ ।

ओझाले केही समय पहिले आफैले फिल्म खेलाएर चर्चामा ल्याएका शिल्पा पोखरेलसँग चौथो विवाह गर्न लागेका हुन् । पहिलो विवाहबाट विदा लिएकी शिल्पाले दसैंको टिकाको दिन छबिसँग दोस्रो विवाह गर्दैछन् ।

नायिका रेखा थापासँग तीन बर्षअघि सम्बन्ध बिच्छेद गरेका छबि अहिले एक्लै बस्दै आएपनि पछिल्लो केही समयदेखि छबि र शिल्पासँगै बस्दै आएका थिए ।



दसैंको टिकासँगै शिल्पाका आमाबुबाले छबि र शिल्पालाई टिका लगाएर उनीहरुको सम्बन्धलाई वैधानिकता दिने तयारी भइरहेको चर्चा यसअघी नै चलेको थियो ।

पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेका छबिकी दोस्रो पन्ती गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन । त्यसपछि छबिले रेखासँग तेस्रो बिहे गरेर करिव १० बर्ष सँगै बिताएका थिए ।

अर्को राेचक कुरा त के भने पूर्व पत्नी रेखा थापाले छबि-शिल्पा विवाहकाे निमन्त्रणा कार्ड बाढ्दै छन् भन्ने हल्ला समेत बजारमा चलेको थियो । छबिले अाफ्ना नजिकका केही कलाकारलाई निम्ताे दिएका छन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...