पुराना बजार सुनसान नयाँ बजार चहलपहल

कैलाली, १६ असोज ।

सडकको विस्तारसँगै बसाई सर्ने क्रमले सुदुरपश्चिमका पहाडी गाउँबस्ती सुनसान हुन थालेका छन् । 

सडकको पहुँच भएका ठाउँमा बजार विस्तार हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा जता सड्क पुग्छ त्यतै बसाइँ सर्न थालेपछि पुराना बजार सुनसान र नयाँ बजार गुल्जार हुँदै गएका हुन् । 

नयाँ सडक निर्माणका लागि भएको सर्भेक्षणले सडक आसपासको क्षेत्रमा घडेरीको किनबेच बढ्न थालेपछि जग्गाको मूल्य पनि अकासिएको छ । 

पहाडी जिल्लामा ग्रामीण बस्तीबाट बसाइँ सरी सडक आसपासका नयाँ बजारमा जानाले त्यहाँ जनसङ्ख्याको चाप पनि तीव्र रुपमा वृद्धि भइरहेको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...