दशैँ नजिकिदै गर्दा सुनको भाउ ह्वात्तै घट्यो

काठमाडौं, १९ असोज ।
सुनको भाउ बुधबार तोलामा एकैदिन ११ सय रुपैयाँले घटेको छ ।

सुन बुधबार तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ यो हप्ताको सुरुदेखि नै घट्दै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सस्तो भएको महासंघले जनाएको छ ।

चाँदी पनि बुधबार तोलाको ३० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...