अर्जेन्टिना र ब्राजिलसहित १२ देश फिफाको कारबाहीमा

काठमाडौं, १९ असोज ।

विश्व फुटबलको प्रशासकिय निकाय फिफाले ११ देशका फुटबल एसोसिएसनलाई कारबाही गरेको छ ।

फिफाले विश्वकप २०१८ को छनौट खेलको क्रममा गरेको समर्थकले गरेको असहयोग तथा भेदभावपूर्ण व्यवाहारका कारण ११ देशका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो ।

फिफाले होन्डुरस, एल साल्भाडोर, मेक्सिको, क्यानडा, चिली, ब्राजिल, अर्जेन्टिना, पाराग्वेय, पेरु, इटाली र अल्बानियालाई जरिवाना तिराएको हो ।

चिलीले सन् २०१७ मा मार्च २८ मा भेनेजुएलासँग हुने खेल ढोका बन्द गरेर खेल्नु पर्ने भएको छ । यो वर्ष चिली दोस्रोपटक जरिवानामा परेकाले फिफाले ढोका बन्द गरेर खेल्न निर्देशन दिएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...