प्राधिकरणको सब स्टेसनमा आगलागी, १ करोडको क्षति

काठमाडौँ ,२६ असोज ।

दीपालयस्थित नेपाल विद्युत प्राधिकरण डोटीको सब स्टेसनमा आगलागी भएको छ । आगलागीबाट डेढ करोड बराबरको क्षति भएको छ ।

बुधबार बिहान तीन बजे विद्युतको टान्सफर्मरमा समस्या आई विद्युत सर्ट हुँदा आगलागी भएको भएको हो । 

जिल्ला प्रहरी कार्यलयका डोटीका एसपी डिल्लीराज बिष्टले दिएको जानकारी अनुसार झण्डै एक करोड बराबरको क्षति भएको छ।

आगलागीले ट्रान्सफर्मर तथा फेडर सहित अन्य ३ वटा उपकरण जलेर नष्ट भएका छन् । स्टेशनमा आगलागी भएपछि डोटी र अछाममा विद्युत सेवा पूर्णरुपमा बन्द भएको छ ।

सब स्टेनसनमा लागेको आगो स्थानीय बासिन्दा, प्रहरी र कर्मचारीको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

, , , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...