दशैंमा खाएको मासुले लियो रावलको ज्यान

भीमदत्तनगर, २६ असोज ।

दशैं मनाउन घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ ।

गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति मृत्यु भएको बताए ।

उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याउँदा बाटोमै मृत्यु भएको थियो ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...