दशैंमा मदिरा पिउनुहुन्छ ? होसियार जान सक्छ ज्यान


आजभोली नेपालमा पनि मदिरा संस्कृति मौलाएको छ । कुनै पनि चाडपर्व, वा भेटघाटमा मदिरा अनिवार्य जस्तै बन्दै गएको छ । 

मदिराका नगन्य फाइदा त होलान् तर चाडपर्वमा रमाइलो गर्ने बाहानामा यसरी मदिरा पिउँदा रमाइलो भन्दा हानी धेरै हुनसक्छ ।

मदिराका असर

समान्यत मदिराका विभिन्न असरहरु छन् । यसले स्वास्थ्यमा अल्पकालिन् र दिर्घकालिन् गरी दुई प्रकारले क्षती पु¥याउँछ । जसमा सामान्य रोगका किटाणु सक्रिय हुनेदेखी हृदयघात, मस्तिस्कघात र मृत्युसम्म पनि हुनसक्छ । यस्ता छन् अल्पकालिन् र दीर्घकालिन् असरः

अल्पकालिन् असर

मानिसको शरीरमा मदिराले सबैभन्दा छिटो सबैभन्दा छिटो कलेजोमा असर पुर्याउछ । यसका अलावा मदिरा सेवनले अल्पकालमा नै आमसयमा अल्सर तथा रगतमा अल्कोहलको मात्रा बढ्दा मानिस तत्काल बेहोश पनि हुनसक्छ ।

मदिरा सेवनका कारण चाँडै पेटमा समस्या देखिनसक्छ । ग्याष्ट्रिसाइट, आमसयमा घाउ, अल्सर जस्ता पेटका समस्या मदिरा सेवनका कारण अल्पकालमा पर्नसक्ने प्रभावहरु हुन् ।

त्यस्तै मदिराले हाम्रो शरिरमा रहेका विभिन्न भिटामिन र मिनरल्सको मात्रा घटाइदिन्छ ।

त्यस्तै नेपालका कतिपय दुर्गम भेगमा घरमा बनाइएका रक्सी पिउने चलन छ । घरमा उत्पादित मदिरा डिस्टेल्ड मदिराभन्दा स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण हुन्छन् । 

स्थानीय मदिरामा मिथानोलको मात्रा निकै बढी हुन्छ । जसका कारण मानिस तत्काल अन्धो हुनसक्छ भने शरिरमा आन्तरिक रक्तश्राव हुनगई तत्काल मृत्यु पनि हुनसक्छ ।

दीर्घकालिन् असरहरु

मदिराले पुर्याउने अल्पकालिन असरहरु नै दिर्घकालमा मानिसको कालसम्म बन्नसक्छ ।

मानिसले पिएको मदिराले कलेजोको सिरोसिस हुनसक्छ । सिरोसिस भनेको कलेजो काम नगर्ने अवस्थामा पुग्नु हो । मानिसले मदिरा पिउन सुरु गरेदेखी नै कलेजोको संरचनामा परिवर्तन हुन्छ ।

यो अवस्था मानिसले मदिरा छोडेपछि पनि कायम रहन्छ । सिरोसिस भएको मानिसले यदि कालन्तरमा मदिरा पिउन छोडेपनि कलेजोमा पुगेको क्षती परिपूर्ती हुँदैन र त्यसपछि कलेजोको क्षती नपुगेको बाँकी भागले मात्र काम गर्छ ।

मदिराका कारण मानिसको शरिरमा भिटामिन के को कमी हुन्छ । यसको कमी हुँदा शरिरमा घाउहरु भएको अवस्थामा रक्तश्राव नियन्त्रण हुँदैन ।

नियमित मदिरा पिउने व्यक्तिको शरिरमा आन्तरिक रक्तश्रावको समस्या आउनसक्छ । आन्द्रामा रक्तश्राव भयो भने त दिशाको माध्यमबाट त देखिनसक्ला, तर मुटु, कलेजो, मस्तिस्कमा रक्तश्राव भएको अवस्थामा यो प्राणघातक पनि सावित हुनसक्छ ।

मुटुमा आन्तरिक रक्तश्राव हुँदा मानिसलाई हृदयघात हुनसक्छ भने मस्तिस्कमा रक्तश्राव हुँदा पक्षघात तथा मस्तिस्कघात हुनसक्ने संभावना रहन्छ ।

मदिराले पुरुषमा नपुंसकता ल्याउने, अण्डकोष सुकाउने एवम् महिलामा महीनावारी गडबड गराउँदै हड्डी कमजोर बनाउँछ भने गर्भको शिशुलाई पनि हानि पुर्याउँछ ।

त्यस्तै मदिरा सेवनले मासिलाई दीर्घकालमा अल्कोहलिक हेपटाइटिस, एनिमिया(रक्त अल्पता) हुन्छ ।

मदिरा सेवन गर्ने मानिसको स्मरण शक्ति तीव्र रुपमा क्षय हुन्छ । मदिराले मस्तिस्कमा हुने स्नायु कोषहरुमा क्षती पुर्याउँछ । जसका कारण मानिसहरुको कम उमेरमा नै स्मरण शक्ति कम हुनेगर्दछ ।

मदिराले मानिसको कलेजोमा प्रत्यक्ष क्षती पुर्याउनेहुँदा मानिसको शरिरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनजान्छ । यसका कारण मानिसको शरिरभित्र रहेका विभिन्न रोगका किटाणुहरु सक्र्रिय हुन्छन् र ती रोगहरुले मानिसको शरिरमा आक्रमण गर्दछन् ।

उदाहरणका लागि प्राय मानिसभित्र टिबि को किटाणु रहेको हुन्छ । तर मदिरा पिउने मानिसको शरिरको रोग प्रतिरोधात्मक क्षमता मदिराले क्षय गर्नेहुँदा लक्षण नदेखाई रहेका र निष्क्र्रिय अवस्थामा रहेका रोगका किटाणु बलियो हुन जान्छन् र शरिरमा आक्रमण गर्ने सम्भावना प्रवल रहन्छ ।

त्यस्तै मदिरा पिउने मानिसले यदि दिर्घकालमा नसासम्बन्धि रोग लाग्नसक्छ । जस्तो कि मदिरा पिउन छोडेकाहरुको पनि हातगोडा झमझमाउने र काम्ने, जीब्रो काम्ने जस्ता दीर्घकालिन शारिरिक अस्वस्थताका संकेतहरु देखिनसक्छन् ।

त्यस्तै गाउँघरमा उत्पादन हुने स्थानीय मदिराले सुरुसुरुमा मानिस मोटाएजस्तो देखिनेगरी फुल्लिने भएपनि केही समयपछि भने मानिसको हात खुट्टा पातलो र भूँडी ठूलो हुने समस्या देखिन्छ ।

पिउनै परे के गर्ने ?

मदिरा सकेसम्म नपिएकै राम्रो तर यदि पिउनैपर्ने भयो भने जोखिम न्यूनीकरण गर्न केही सतर्कता अपनाउन सकिन्छ । जस्तो कि स्थानीय मदिराको प्रयोग गर्दै नगर्नुहोस् । 

किनकी हामीले अघिपनि उल्लेख गरिसकेको छौं कि स्थानीय मदिरामा इथानोलको मात्रा बढी हुनेहुँदा यसले मानिसको तत्काल ज्यान समेत जानसक्छ । 

यदि तपाईं मदिरा पिउने पक्षमा हुनुहुन्छ भने बजारमा पाइने डिस्टेल्ड मदिराहरु स्वास्थ्यका दृष्टिकोणले कम जोखिमपूर्ण विकल्प हुनसक्छ ।

त्यस्तै मदिरासँग खाइने चिल्लो, तारेको, पोलेको, भुटेको परिकार, नुनिलो जङ्क फूड र बट्टामा राखिएका खानेकुराले हाम्रो शरीरलाई थप नकरात्म असर गर्छन् । त्यसैले मदिरासँग त्यस्ता खानेकुराहरुलाई पर्नै नदिनुहोस् ।

चिल्लो र बोसोयुक्त खानेकुराले रगतमा कलेस्ट्रोल बढाउँछ, जसका कारण हृदयघात र मस्तिष्कघात हुने संभावना निकै प्रवल रहन्छ । 

त्यसमाथी पनि मदिराका साथ त झन् कल्पनासम्म पनि नगर्नुहोस्, यसले तपाईंको स्वास्थ्यमा देखिनसक्ने जोखिम केही न्युनिकरण हुन्छ ।

, , , , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...