१ महिलाको रहस्यमय मृत्यु, हत्या आशङ्कामा श्रीमान् पक्राउ
भीमदत्तनगर, १५ असोज ।
कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ ।
गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।
‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ ।’ इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भने–“टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप रहस्यमय छ ।”
मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारी बजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताए ।
‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ ।’ रावलले भने– “घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत अनुसन्धान सुरु गरेका छौं ।”
झलारी बजारमा सामान्य उपचार गराइएकी रानालाई थप उपचारका महाकाली अञ्चल अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इप्रका झलारीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...