शिक्षण अस्पताल जुम्लाका १ सय १७ कर्मचारी तलबबाट वञ्चित

जुम्ला, १५ असोज ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत एकसय १७ कर्मचारी तलब, भत्ता खानबाट वञ्चित भएका छन् । प्रतिष्ठान पदाधिकारी विहीन् हुँदा यो समस्या आएको हो । 

प्रतिष्ठानका उप–कुलपति पारसकुमार आचार्य जेठमा र रजिष्ट्रार श्याम लम्सालको साउन महिनामै कार्यकाल समाप्त भइसकेको र अहिलेसम्म सरकारले नयाँ पदाधिकारी नियुक्त नगरेकाले यो समस्या आएको प्रतिष्ठानका शिक्षाध्यक्ष धर्मराज श्रेष्ठले जानकारी दिए । 

शिक्षाध्यक्ष श्रेष्ठले स्वास्थ्य मन्त्रालयले उप–कुलपति आचार्यको कार्यकाल समाप्त हुँदा जेष्ठताका आधारमा आफूलाई कार्यबाहक उप–कुलपति नदिएर रजिष्ट्रार लम्साललाई दिनुले आफ्नो अपमान भएको दुःखेसो गरे । 

प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले शिक्षा अध्यक्षलाई कावा उप–कुलपतिको हैसियतमा परिपत्र नगरेकाले अहिले कार्यालयको काम उधारोमा चलाएको पीडा व्यक्त गरे । 

आर्थिक एवम् प्रशासनिक काम रोकिँदा चिकित्सक टोलीसहित प्रतिष्ठानका कर्मचारीले दशैं तलब पाउने अवस्था नरहेको र यसले उनीहरुमा निराशा पैदा गरेको प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईले गुनासो गरे । 

डिन राईकाअनुसार प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नहुँदा काम गर्ने वातावरण पनि असहज बन्दै गएको छ । 

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...