यौन र आकर्षणबारे दश रोचक तथ्य

यौन आकर्षणको कुनै एउटा आधार वैज्ञानिकहरुले पनि खोज्न सकेका छैनन् । तर डाक्टर जस्टिन लेमिलरले केही रोचक कुरा बताएका छन् । 
उनले द साइकोलजी अफ ह्युमन सेक्सुअलिटि नामको चर्चित पुस्तकमा यसबारे उल्लेख गरेका छन् । उनीको ब्लगबाट केही रोजक कुरा

स्वयमप्रति आकर्षण

हामी आफैजस्तो मानिसप्रति आकर्षित हुने गर्दछौ । एउटा प्रयोगमा सहभागीहरुलाई केही तस्वीर देखाइयो र सोधियो कि कुन सबैभन्दा आकर्षक छ । एउटा तस्वीर उनीहरुकै पनि थियो । जसमा केही परिवर्तन गरिएको थियो । सबैभन्दा बढीले त्यही तस्वीर रोजे जसमा उनीहरुकै अनुहार मिश्रण गरिएको थियो ।

आमा–बाबुसँग आकर्षण

जसले हामीलाई आफ्नो आमाबुवाको स्मरण गराउँछन्, हामी उनीहरुतिर बढी आकर्षित हुने गर्दछौ । यसरी नै बढी उमेरका आमाबाबुका सन्तान बढी उमेरकै मानिसप्रति अधिक आकर्षित हुने गर्दछ ।

शारीरिक ब्यायमपछि

शारीरिक ब्यायमपछि तपाईको मुटुको धड्कन बढ्ने गर्दछ । त्यही बेला तपाई कसैसँग भेट गर्नुएभयो भने उतिर आकर्षित हुने सम्भावना बढी रहन्छ । किनभने तपाईको दिमागले ठान्ने छ कि धड्कन उसलाई देखेर बढेको हो ।

मदिराको असर

अध्ययनका अनुसार नशामा मानिसहरु बढी आकर्षित हुने गर्दछन् । तपाई जति बढी मदिरा सेवन गर्नुहुनेछ, तपाई सामु भएको व्यक्तिले तपाईलाई त्यति नै बढी आकर्षित गर्नेछ ।

हलोको असर

अध्ययनका अनुसार पिक अप लाइनले बढी असर गर्दैन । त्यसको साटो सिधासाधा हलो बोलेर आफ्नो अगाडिको व्यक्तिलाई तपाई बढी आकर्षित गर्न सक्नु हुनेछ ।

सबै इन्द्रियको कमाल

तपाई कोप्रति आकर्षित हुनुहुन्छ, यसको निर्णय तपाईको आँखाले गर्दैन, बरु सबै इन्द्रिय मिलेर यसको निर्णय गर्दछ । जस्तो कि उसको गन्ध कस्तो छ, उसको आवाज कस्तो छ र यो पनि कि उसको स्वाद कस्तो छ ।

पिरियडको भूमिका

महिलाहरु कसरी पुरुषप्रति अकर्षित हुनेछन् यो उनीहरुको महिनावारीका दिनमा निर्भर गर्दछ । जस्तो कि जब उनीहरु फर्टिलिटीको सबैभन्दा सम्वेदनशील अवस्थामा हुन्छन् तब उनीहरुलाई ठुलो स्वर भएको, सुगठिन शरीरवाला पुरुष राम्रो लाग्दछ ।

रंगको असर

पुरुषहरुमा रंगको असर निकै हुने गर्दछ । उनीहरुलाई रातो रंगको कपडा लगाएका महिलाहरुले बढी आकर्षित गर्ने गर्दछन् ।

मौसमको असर

यौन आकर्षण मौसम अनुसार पनि परिवर्तन भइरहन्छ । जस्तो कि जाडोयाममा पुरुष महिलाप्रति गर्मीयामको तुलनामा बढी नै आकर्षित हुने गर्दछन् ।

मुश्किलले प्राप्न गर्न उत्तम

अध्ययनहरुका अनुसार जसलाई पाउन जति बढी कठिन हुन्छ

,

प्रतिकृया दिनुहोस्

Loading...