महिलामा कतिबेला यौन चाहना बढी हुन्छ ? यस्ता छन् उत्तेजित गराउने उपायहरु

महिला के चाहन्छन् रु शताब्दियौदेख यो प्रश्न आम मानिसदेखि मनोवैज्ञानिक र वैज्ञानिकसम्मलाई सताइरहेको छ । सिगमन्ड फ्रायडजस्ता महान मनोवैज्ञानिक हुन् वा हलिउड अभिनेता मेल गिब्सन सबै यो प्रश्नबाट तनावमा छन् । यो पाटोबा बारेमा हजारौ पुस्तक, लेख, ब्लग पोस्ट लेखिइसकेको छ ।

लाखौपटक यो विषयमा बहस भइसकेको छ। पुरुष नै किन, स्वयम महिलाहरुले पनि यो विषयमा अक्सर चर्चा गरिरहेको पाइन्छ । तर, यो विषयमा लामो चर्चा, हजारौ पुस्तक, वर्षौको अध्ययनका बावजुद महिलाको इच्छाको कुनै परिभाषा, कुनै एउटा दायरासम्म तय हुन सकेको छैन ।

न त आखिर महिलाभित्र कस्तो इच्छा जागरुक हुने गर्दछ भन्ने नै तय हुन सकेको छ रु कि उनीहरुलाई कसरी सन्तुष्ट गर्न सकिन्छ रु यद्यपि वर्षौको मेहनत बर्बाद भएको छ, यसो पनि होइन ।

अहिले हामी निकै हदसम्म महिलाहरुको यौनसम्बन्धी इच्छा बुझ्न सक्दछौ । महिलाहरुको कामेच्छाका बारेमा पहिलाको परम्परागत सोचबाट बाहिर आइरहेका छौ । पहिला भन्ने गरिन्थ्यो कि महिलाहरुको चाहना कहिल्यै पूरा गर्न सकिँदैन ।

उनीहरुको सेक्सको भोक मेटाउन सकिँदैन । उनीहरुमा बजरजस्त कामवासना हुने गर्दछ । तर, अब वैज्ञानिकहरु मान्न थालेका छन् कि महिलाहरुको यौन चाहनालाई कुनै एउटा परिभाषाको दायरामा समेट्न सकिँदैन । यो अलग अलग महिलामा अलग अलग हुने गर्दछ ।



कतिपय अवस्थामा त एकै महिलाभित्र सेक्स इच्छाको अलग अलग अवस्था पाइने गरेको छ। अमरिकाको रटगर्स युनिभर्सिटीका प्रोफेसर बेभर्ली व्हिपल भन्छिन्–हरेक महिला केही अलग चाहन्छन् ।

तमाम नयाँ अध्ययनहरुबाट यो पनि स्पष्ट भइसकेको छ कि सेक्समा विषयमा महिला र पुरुषको चाहना र आवश्यकतामा कुनै फरक हुँदैन । जबकि पहिला पुरुषलाई महिलाको तुलनामा बढी यौन चाहना हुन्छ भन्ने मान्ने गरिएको थियो ।

तर, अब सबै अध्ययनअरुले स्पष्ट गरिसकेको छ कि केही सामान्य हेरफेरका साथ महिला र पुरुषमा सेक्स चाहना एकै जस्तो हुन्छ ।

पहिलापहिला यस्तो प्रश्न पनि गरिन्थ्यो कि महिनामा तपाईलाई कतिपटक सेक्सको आवश्यकता महशुस भयो रु जवाफ आउँथ्यो, जसबाट लाग्थ्यो कि पुरुषलाई बढीपटक आवश्यकता महशुस भयो ।

तर, जब यही प्रश्न घुमाउरो पारामा गरियो कि केही आस अवस्था, साथीसँगको निकटता, कुराकानीका क्रममा तपाईलाई कति पटक सेक्स इच्छा जाग्यो रु तब महिला र पुरुषको जवाफ कमोबेश एक बराबर चाहना जाहेर गर्नेवाला थिए । ब्रिटिश कोलम्बिया युनिभर्सिटीका प्रोफेसर लोरी ब्राटो भन्छिन्–यसबाट हाम्रो त्यो धारण ट्टदछ कि महिलालाई सेक्समा कम रुची हुन्छ ।

हो, उनीहरुको इच्छा अलग प्रकारको हुन्छ । एउटा अर्को कुरा जुन अब उत्तम तरिकाले बुझिँदैछ, त्यो यो हो कि महिलाभित्र सेक्सको चाहना उनीहरुको मासिक धर्मको हिसावले बढ्ने र घट्ने गर्दछ । मासिक धर्म सुरु हुनु केही अघि उनीहरुलाई सेक्सको बढी आवश्यकता महशुस हुने गर्दछ ।

भर्जिनिया युनिभर्सिटीकी मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्–सेक्स हाम्रो परम्परागत जिम्मेवारी अर्थात सन्तान उन्पादन गर्ने माध्यम हो । त्यसैले जब महिलाहरुभित्र अन्डाणु बन्न लाग्दछ तब उनीहरुलई सेक्सको बढी आवश्यकता महशुस हुने गर्दछ ।

क्लेटनका अनुसार यो त आजभोलिको चलन हो कि सेक्स र सन्तान जन्मउनु अलग अलग गरिँदैछ । तर, इश्वरीय रुपमा यो दुवै एकै हो । पहिला डाक्टरहरु पनि पुरुषको हर्मोन टेस्टोस्टेरोनले महिलाहरुमा यौन इच्छा जगाउने काम गर्दछ भन्ने मान्दथे ।

त्यसैले जब महिलाहरु सेक्समा कम रुचीका विषयमा चिकित्सककोमा जाने गर्दथे । चिकित्सकले पनि उनीहरुलाई टेस्टोस्टेरोन लिन उपाय बताउने गर्दथे । यद्यपि धेरै चिकित्सक अहिले पनि यही उपचार पद्धति कम यौनेच्छा महशुस गर्ने महिलाहरुमा अपनाइरहेका छन् ।

जबकि तमाम अध्ययनहरुपछि महिलाहरुका यौन इच्छासँग टेस्टोस्टेरोनको कुनै सम्बन्ध भन्ने मान्न थालिएको छ। मिशिगन युनिभर्सिटीकी प्रोफेसर सारी वान एन्डर्स भन्छिन्–यौन चाहनाको असरले हर्मोनको बहाव तेज हुन्छ । र, मानिसहरुले त्यसैले उल्टो बुझे । मानिसहरुलाई लाग्छ कि हर्मोनको बढी बहावबाट यौन चाहना उत्पन्न हुन्छ । तर, उनी भन्छिन कि यौन इच्छाको हर्मोनसँग कुनै सम्बन्ध नै छैन ।


यौन सम्पर्कका क्रममा महिलाहरुलाई अलग अलग अनुभूति हुने गर्दछ । उनीहरु पुरुषजस्तै उत्तेजना, चरमोत्कर्ष र सन्तुष्टिसँग साक्षात्कार हुन् । यस्तो जरुरी छैन । महिलाहरुको मामिलामा सेक्स निश्चित सीमा निर्धारित कुरा होइन । सबै कुरा उलटपुलट हुने गर्दछ । कतिपय अवस्थामा यस्तो पनि हुन सक्छ कि उनीहरुलाई अर्गेज्म पहिला महशुस होस र साथीसँगको सम्पर्कको अवश्यकता पछि ।

महिलालाई उत्तेजित गर्नका लागि सधैं हरेक पटक यौन अंगसँग छेडखानी गर्नु पनि आवश्यक छैन । कतिपय अवस्थामा यस्तो सोचाइबाटै उनीहरु सन्तुष्ट हुने गर्दछन् । उनीहरुका लागि सेक्स दिमागी खेल हो । पुरुषका महिलामा यस्तो सधैं हुँदैन ।

आवश्यक छैन कि महिलाहरुको इच्छा हरेक पटक सेक्स गरेरै पूरा होस् । हरेक महिला अलग प्रकारले सन्तुष्टि महशुस गर्दछन् । अलग अलग समयमा एक महिला पनि कयौ अलग प्रकारको अनुभूतिबाट गुज्रने गर्दछन् ।

कयौपटक हस्तमैथुनबाटै पनि सन्तुष्टि प्राप्त हुने गर्दछन् । कतिलाई मात्र सेक्सको सोचबाटै अर्गेजम हुने गर्दछ । कतिलाई पूर्ण सन्तुष्टिका लागि साथी आवश्यक हुन्छ, कतिपय महिलाहरु साथीसँग भएर पनि उसँग सेक्स नगरीकन पनि यौन सुख महशुस गर्दछन् ।

महिलामा यौन इच्छा जागृत गर्ने माध्यम पनि धेरै हुन्छन् । जस्तो कि कसैलाई यौन अंगसँग छेडटाडपछि सेक्स आवश्यक लाग्छ सकछ । कसैलाई किस गर्दा उत्तेजना उत्पन्न हुन्छ । कतिपय महिला आफ्नो साथीमाथि हावी भएर सन्तुष्टि महशुस गर्दछन् ।

यसको दायरा पनि धेरै ब्यापक छ । अहिले त पोर्न उद्योगले पनि महिलाको हिसावबाट पोर्न फिल्म बनाउन थालेका छन् । पहिला यस्ता चलचित्र मात्र पुरुषका लागि निर्माण गर्ने गरिन्थ्यो । अहिले महिलाको इच्छालाइए ध्यानमा राखेर पोर्न फिल्म बनिरहेका छन् ।

मनोवैज्ञनिकस्तरमा कुरा गर्ने हो भने हामीलाई अहिले पनि थाहा छैन कि महिलाभित्र सेक्स चाहना कसरी जाग्दछ रु हामीलाई त यो पनि थाहा छैन कि यो चाहना कस्तो हुन्छ रु यो दिमागबाट सुरु हुन्छ वा शरीरको कुनै वा विशेष हिस्साबाट रु यद्यपि सेक्सइच्छा महशुस नहुनुका केही कारण त अहिले स्पष्ट भइसकेको छ।

कामकाजी महिलाहरु अक्सर कम यौनेच्छाको गुनासो गर्दछन् । घर र कार्यालयको तनाव उनीहरुको यो इच्छामा हावी हुने गर्दछ । यसरी नै सन्तान जन्मिएपछि पनि महिलाहरुको यौनइच्छा कम महशुस हुन सक्दछ । महिलाहरुमा वरपरको माहौलको असर निकै पर्दछ । यदि तनाव छ भने उनीहरुभित्र यौन चाहना कम हुनु निश्चित छ ।

अमेरिका र ब्रिटेनमा पचास प्रतिशत महिला, वर्षमा कयौपटक यौनइच्छा कम भएको गुनासो गर्ने गर्दछन् । यस्तो अक्सर अनेकन चिन्ताका कारण भएको हो । तर, यो स्थायी भाव भने होइन । यो तनावको माहौल परिवर्तन गरेर महिलालाई रिल्याक्स गराएर यो समस्या हटाउन पनि सकिन्छ । उनीहरुभित्र पुनः यौन इच्छा जगाउन सकिन्छ ।

यसका लागि साथीलाई सम्बन्धमा नयाँपन ल्याउने तरिका थाहा हुनु आवश्यक छ। दिनहुँ नयाँपन अपनाएर शारीरिक सम्बन्धमा रहेको चिसोपन हटाउन सकिन्छ । त्यसो त १५ प्रतिशत महिला यस्ता पनि छन्, जो कम यौनेच्छाका कारणबाट तनाव महशुस भएको गुनासो गर्दछन् ।

यसमध्ये कति त आफ्ना साथीको मन राख्नकै लागि सेक्स गर्दछन् । जुन उनीहरुका लागि पीडादायी हुने गर्दछ । सेक्सका क्रममा पनि उनीहरुको ध्यान अन्य कुनै कुरामा हुन्छ । जस्तो कि कतै आफ्नो साथीले छोडेर नजाओस् । महिलाहरुमा रहेको कम यौनेच्छा कम गर्ने उपाय अहिले उपलव्ध छ । यद्यपि यसबाट कुनै पनि सफलता सतप्रतिशत ग्यारेन्टी हुँदैन ।

अहिले मनोवैज्ञानिक तरिबाट पनि महिलाहरुमा उनीहरुभित्र यौन इच्छा पुनःजिवित गर्ने गरिएको छ। ध्यान र योगको माध्यमबाट उनीहरुको दिमागी स्वास्थ्य राम्रो बनाउन सकिन्छ । यस्तै मेडिटेशनको क्लासमा ती महिलाहरुलाई उनीहरुको खुबीका बारेमा बताइने गर्दछ । उनीहरुलाई शरीरको विशेष अंगका बारेमा जानकारी दिने गरिन्छ ।

जहाँ छुँदा उनीहरुलाई उत्तेजना उत्पन्न हुन सक्दछ । कतिपय मानिस महिलाहरुमा यौन इच्छा जगाउनका लागि फिमेल भियाग्राको पनि सिफारिस गर्दछन् । ‘एडी’ नामको यो औषधिलाई अमेरिका सरकारले पनि अनुमति दिएको छ । तर, वैज्ञानिक र डाक्टर दुवै मान्दछन् कि ‘एडी’ महिलाहरुमा यौन इच्छा जगाउन सफल छैन ।

किनकि यसले महिलाहरुको यौनेच्छाको मात्र एउटा पक्षलाई लक्षित गर्दछ । जबकि कुनै महिलाभित्र यौन इच्छाको कयौ पक्ष हुन्छन् । यो औषधिको साइड इफेक्ट पनि छ ।

यो औषधि सेवन गरेपछि उल्टी, थकान, टाउको दुख्ने, निन्दा नलाग्नेजस्ता समस्या उत्पन्न हुन सक्दछ । उनीहरुले यो औषधि सेवन गरेपछि मदिरापान पनि गर्न सक्दैनन् । जानकारहरु भन्छन् कि महिलाभित्र यौन इच्छा जगाउनका लागि मनोवैज्ञानिक पक्षका काम गर्नु बढी उत्तम तरिका हो ।

उनीहरु आसपासको माहौललाई राम्रो बनाउनु आवश्यक छ। उनीहरु तनावको कारण हटाउनु जरुरी छ । उनीहरुले सहज महशुस गरेको खण्डमा उनीहरुभित्रको कामेच्छा स्वतः जाग्नेछ । त्यसो त महिलाहरु आफूभित्र सेक्स चाहनालाई त्यतिबेलासम्म समस्याका रुपमा लिँदैनन् जबसम्म उनीहरु कुनै सम्बन्धमा हुँदैनन् । त्य

सपछि साथीको मागको दबावले उनीहरुलाई कम यौनेच्छाले समस्या महशुस गराउने गर्दछ । यो आवश्यक छैन कि साथीको इच्छा बराबर नै महिलाहरुलाई पनि यौन इच्छा महशुस होस् ।

दुवै जना बसेर यो विषयमा छलफल गर्ने र एकअर्काको आवश्यकता र इच्छा बुझ्नु उत्तम हुनेछ । जहाँसम्म इच्छाको कुरा छ, यसको कुनै वल्लो किनार र पल्लो किनार छैन । यो अलग अलग मानिसमा मात्र होइन, कतिपय अवस्थामा एक व्यक्तिभित्र पनि अलग अलग हुने गर्दछ ।

कुनै व्यक्तिमा कम हुन सक्छ भने कुनैमा बढी । यो भन्नु पनि गलत हुने छ। किनभने कम कति हो, बढी कति हो रु यसको पनि कुनै सीमा छैन । एजेन्सी

, , ,

प्रतिकृया दिनुहोस्

Loading...