हेल्मेट लगाउनेलाई हेयर एक्स्पर्टसका ३ टिप्स

व्यस्त जीवनमा सहरी क्षेत्रमा मोटरसाइकल चढ्नु अत्यावश्यक भइसकेको छ । दिनहुँ टाउकोमा हेल्मेट लगाएर सहरको धुवाँ–धुलो छिचोल्दै मोटरसाइकलमा हुइँकिनुपर्छ ।

टाउकोको सुरक्षा गर्नु हेल्मेटको काम हो । तर, थोरै ख्याल पु-याइएन भने टाउकाको कपाल मास्ने काम हेल्मेटले नै गरिदिन्छ । त्यसैले हेल्मेट लगाउनुअघि केही सामान्य कुरामा ध्यान दिनैपर्छ । के हुन् ती सामान्य तर महत्वपूर्ण कुरा ?

१. हेल्मेट वासेवल किन्नु राम्रो हुन्छ, ताकि आवश्यक पर्दा धुन सकियोस् । कपालमा चायाँ पर्ने र झर्ने एउटा कारण हेल्मेट पनि हो । हेल्मेटमा धेरै नै धुलोमैलो टाँसिने र त्यही फोहोर स्काल्पमा पर्दा कपाल अस्वस्थ हुन्छ ।

त्यसैले स्काल्प सफा राखेर कपालको स्वास्थ्य कायम राख्न वासेवल हेल्मेट प्रयोग गर्नुहोस्, वेला–वेला धोइराख्नुहोस् । त्यसो त अहिले बजारमा वासेवल हेल्मेट नै बढी उपलब्ध छन् ।

२. हेल्मेट लगाउँदा टाउकोमा पसिना बढी निस्किन्छ । कपाल गुम्सिने गर्छ । यो अवस्थामा कपाललाई हेल्मेटबाट निस्किएको पसिनासहितको फोहोरले बेफाइदा गर्छ ।

हेल्मेटको धुलो स्काल्पमा गएर बस्छ र फंगल्सको समस्या हुन्छ । यसले कपाल ग्रोथ हुन दिँदैन । त्यसैले हेल्मेट लगाउनुअघि टाउकोमा स्कार्फ अर्थात् रुमाल राख्नु राम्रो हुन्छ । यसले हेल्मेटको फोहोरलाई स्काल्पमा सीधा पर्न दिँदैन । स्काल्प जति सफा हुन्छ कपाल उति नै ग्रोथ र हेल्दी हुन्छ ।

३. हेल्मेट लगाउनुअघि कपालको अवस्था विचार गर्नुपर्छ । चिसो कपालमा कहिल्यै हेल्मेट लगाउनु हुँदैन । कपाल चिसो छ भने पहिले सुक्खा बनाएर स्कार्फ बाँधेपछि हेल्मेट लगाउने गर्नुपर्छ । चिसो कपालमा हेल्मेट लगाउँदा पानी बाफिएर फोहोर बन्ने तथा कपालमा असर गर्ने हुन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...