को हुन् कलियुगका भगवान ! जसले आफ्नो ज्यान जोखिममा पारेर बग्दै गरेकी बालिका बचाए

- हरिकृष्ण गौतम
आफ्नो ज्यानको सबैभन्दा बढी मायाँ लाग्छ । शरीरको कुनै भागमा सानो चोट लाग्यो भनेपनि तत्कालै उपचारको माध्यम खोज्ने गरिन्छ ।
अझै पछिल्लो समय मानिसमा मानवता घट्दै गइरहेको छ तर म्याग्दीमा आइतबार एक यूवाले आफ्नो ज्यान जोखिममा पारेर कालिगण्डकी नदीबाट एक बालिकालाई उद्धार गरेका छन् ।
कालिगण्डकी नदी आसपासका क्षेत्रमा साथीहरू संगै खेल्न गएकी बेनी नगरपालिका–७ का सोवन श्रेष्ठकी ८ बर्षिय सम्पदा श्रेष्ठलाई कालिगण्डकी नदीले बगाएपछि पर्वतबेनीका १७ बर्षिय अर्जुन परियारले ज्यानको बाजी लगाएर श्रेष्ठको उद्धार गरेका हुन् ।
श्रेष्ठ स– मिल एण्ड फर्निचर उद्योग नजिक साथीहरू संग खेलिरहेको अवस्थामा बालिकालाई बगाएको देखेपछि खोलामा हाम फालेका पर्वत मल्लाज–३ का २३ बर्षिय जल्फकार मियाँ र परियारले बालिकालाई उद्धार गरेका थिए । प्रहरीका अनुसार मियाँलाई चोट लागेपछि परियार खोलामा पुगेका थिए ।
खोलामा बगाइरहेको अवस्थामा देखेका प्रत्यक्षदर्शीका अनुसार परियारको अन्तिम प्रयासमा बालिकाको ज्यान जोगिएको थियो । ‘परियार हाम्रो लागि भगवानको रुपमा प्रकट भए । उनलाई जति धन्यवाद दिएर पनि पुग्दैन’ उद्धार गरिएकी बालिकाका हजुरबुवा अनोद श्रेष्ठले भने ।
उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नातिनीलाई कालिगण्डकी नदीबाट उद्धार गरेकोमा आभार प्रकट गरेका छन् । खोलाले बालिका बगाएको खवर सुनेपछि आसपासका सर्वसाधारण बेनीबाट पवर्त जोड्ने झोलुङे पुलमा पुगेका थिए ।
प्रहरी नायव उपरिक्षक विश्वराज खड्काका अनुसार बालिका बगाएको खवर सुन्ने वित्तिकै प्रहरीको टोली समेत खोलामा पुगेको थियो ।
उद्धार लगत्तै बालिकालाई उपचारका लागि जिल्ला अस्पताल म्याग्दीमा पु¥याएर परिवारको जिम्मा लगाइएको छ । प्रहरीले विदाको समयमा बालबालिका खोलामा जान सक्ने भएकाले सतर्कता अपनाउन र आफ्ना छोराछोरीलाई निगरानी राख्न समेत अनुरोध गरेको छ ।
घरमै लगेर सम्मान
कालिगण्डकीबाट उद्धार गरिएकी बालिकाका परिवारले उद्धारमा संलग्न परियारलाई घरमै लगेर सम्मान गरेका छन् । नदीबाट बालिकालाई उद्धार गरेर बाहिर ल्याउने वित्तिकै श्रेष्ठका आफन्तले धन्यवाद दिदैं उनलाई आफ्नो होटल कलशमा पु¥याएका थिए ।
घरमा पुगेपछि बालिकाका हजुरवावा, हजुरआमा, बुवा शोवन लगाएतले खादा ओडाएर सम्मान सहित नगद समेत दिएका थिए । ‘हाम्रो लागि भगवान जस्तै बनेर आउनुभयो । परिवारको खुसीलाई लुटिनबाट बचाउनुभयो’ घरमा सम्मान गर्ने क्रममा श्रेष्ठ परिवारले भने । सम्मानको क्रममा छिमेकी र आफन्तहरूले समेत परियारलाई धन्यवाद दिएका थिए । फिल्म शैलीमा खोलामा बगाइरहेको अवस्थामा बालिकालाई उद्धार गरेका परियारको चर्चा जिल्लाभर चुलिएको छ । उनलाई आफन्त र साथीहरूले समेत धन्यवाद तथा बधाई दिएका छन् ।
फिल्म हेरेर फर्किएका परियारले हिरोको काम गरे
आइतबार साथीहरूसंग फिल्म हेरेर फर्किएका परियारले कालिगण्डकीमा नाटकीय शैलीमा बालिकाको उद्धार गरेर हिरोको काम गरेका छन् । फिल्मको दृष्यमा हिरोले जटिल तथा असम्भव काम समेत सजिलै गरेर देखाए जस्तै परियारले समेत खोलामा बगाइरहेकी बालिकालाई सकुशल उद्धार गरेर हिरोको काम गरे।
‘साहसिक मान्छेले मात्रै यस्तो काम गर्न सक्छन ।वास्तवममा उनी रियल हिरो हुन’ बेनी सामुदायिक माविका प्रधानध्यापक दिपक श्रेष्ठले भने । उनले बालिकालाई खोलामा बगाइरहेको अवस्थामा करिव २ सय मिटर आसपासबाट उद्धार गर्नुलाई मानव रुपी भगवानको ब्याख्या गनुर््पर्ने बताए ।
एकदुई मिनेट परियार बालिकाको छेउमा नपुगको भए मानवीय क्षती हुने अवस्थामा बालिकालाई मृत्युको मुखबाट बचाएर रियल हिरो भएको उद्धारका खटिएकाहरुको भनाई छ ।
विदाको समयमा सधै जोखिम म्याग्दी–कालिगण्डकी
म्याग्दी र कालिगण्डकी नदीमा धेरै घटनामा विद्यालय विदाको समयमा घट्ने गरेको छ । विद्यालय बन्दको समयमा बालबालिकाहरू खोलामा पौडी खेल्न जाने गरेका छन् ।
नदीमा पौडी खेल्न, दाउरा संकलन गर्न वा साथीहरू संग गएका बालबालिका, यूवाहरूलाई बगाएको घटना हरेक बर्ष सुन्ने गरिन्छ । आइताबार भएको घटना समेत दशैंतिहारको अवसरमा विद्यालय बन्द भएको बेलामा अभिभावकको आँखा छलेर कालिगण्डकी नदीमा पुगेको अवस्थामा भएको थियो ।
अभिभावक विदाको समयमा आफ्ना छोराछोरीलाई कम चासो दिने गरेकाले समेत घटना घट्ने गरेको प्रहरीको भनाई छ ।
‘विद्यालय बन्द भएको बेलामा अभिभावकले धेरै निगरानी गर्नुपर्छ । बालबालिका सम्बन्धि घटनाहरू प्राय विदाको समयमा हुन्छन’ प्रहरी नायव उपरिक्षक खड्काले बेनीअनलाइनलाई भने ।
उनका अनुसार अभिभावकको निगरानीमा नभएका बालबालिका चोरी तथा अपराधिक घटनामा समेत संलग्न भइरहेको समेत बताए । जिल्ला प्रहरी कार्यालयमा दशैंतिहारको विदामा मात्रै २० जनाको हाराहारीमा बालबालिका चोरीमा संलग्न भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर अभिभावको जिम्मा लगाएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...