नेपालमा बढ्दै स्क्रब टाइफस, थप ५९ जनालाई संक्रमण


  • चितवन, २४ असोज ।

चितवनमा यही वर्षदेखि देखिन सुरु गरेको नयाँ रोग स्क्रब टाइफस असोज महिनाको अहिलेसम्म ५९ जनामा सङ्क्रमण भएको छ । 

गएको वैशाखदेखि असोजसम्म २६४ जनामा स्क्रब टाइफस भएको र असोज महिनामा मात्रै ५९ जनामा रोग सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसअघि भदौ मसान्तसम्मको प्रतिवेदनमा २०५ जनामा सङ्क्रमण भएको यो रोग असोज तेस्रो साताको प्रतिवेदनअनुसार २६४ पुगेको हो । 

चितवनमा टाइफस रोगबाट दुईजनाको मृत्यु भइसकेको छ । नेपालमा टाइफसबाट आठ जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो । नेपालमा ३७ जिल्लामा यो रोग देखिएको उनको भनाइ छ । 

अघिल्लो वर्ष नेपालमै पहिलो पटक टाइफस सङ्क्रमण देखिएको पुष्टि भएको थियो । पूर्वी नेपालमा देखिएको यो रोगबाट त्यो बेला १०१ जनामा सङ्क्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो । 

त्यसपछि यो वर्ष देशका विभिन्न जिल्लामा रोग देखिएको महाशाखाअन्तर्गत इपिडिमियोजोली शाखा प्रमुख डा गुणनिधि शर्मा बताउछन् । 

माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सीया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । 

मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउँछ, शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । 

मुख्यगरी मुसाको नियन्त्रण गर्ने झारका काम गर्दा पूर्ण कपडा लगाउने, झारमा नबस्ने गर्दा सर्नबाट जोगिन सकिने चिकित्सकले बताएका छन् ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...